काठमाडौं- महालक्ष्मी विकास बैंंकको स्थगित साधारण सभा फागुन १३ गते हुने भएको छ। सभा शुक्रबार विहान ११ः०० बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुनेछ । उक्त साधारण सभाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
महालक्ष्मी विकास बैंकको मिति फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले निर्णयानुसार साधारण सभाको मिती पुनः तोकेको हो।
हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने भएको छ।
यसअघि बैंकको बीसौं वार्षिक साधारण सभा २०७८/०९/२५ मा तोकिएको थियो तर गणपुरक संख्या नपुग्दा स्थगित भएको थियो। त्यसपछि २०७८/१०/०३ मा तोकिएको सभा २०७८/१०/३ को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनबाट आदेश भई सभा स्थगित भएको थियो। २०७८/१०/०३ मा अन्तरिम आदेश छलफल हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा सो अदालतबाट २०७८/०९/२३ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतबाट आदेश भएको पछि साधारण सभा गर्न सकिने अवस्था श्रृजना भएको हो। यसरी बैंकको स्थगित बीसौं वार्षिक साधारण सभा फेरि हुन लागेको हो।
प्रतिक्रिया