काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका वडा नं। ६ मा सोमबारबाट शाखा सञ्चालनमा ल्याएको छ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ। गढवा शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेका थिए।
गढवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ।
प्रतिक्रिया