काठमाडौं- युएईको एक कम्पनीले महिला र पुरुषगरी १५१ जना कामदारको माग गरेको छ । T- CHOITHRAM AND SONS L.L.C नामक एक कम्पनीले ३० जना महिला र १२१ जना पुरुष गरी १५१ जना कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खान बस्न सहित ३८ हजार बढि पाउनेछ । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमण्ट प्रालिको कार्यालय ललितपुरमा फागुन १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने म्यादे जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया