काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपीओ ४ लाख बढी कित्ताका लागि आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार सोमवार बेलुका ५ बजेसम्म १ हजार २५१ जनाले ४ लाख २४ हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् ।
फागुन २ गतेदेखि कम्पनीले ३१ लाख २५ हजार कित्ताआईपीओ विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।
यो आईपीओ छिटो अवधि फागुन १६ गतेसम्म विक्री खुला हुनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।
यो आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया