राष्ट्र बैंकद्वारा जारी साढे २९ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत,कुनको ब्याजदर कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २९ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । राष्ट्र बैंकले दुई वर्ष अवधिको २०८० ‘ङ’ नामको ५.७४ प्रतिशत ब्याजदरको १० अर्ब बराबरको विकास ऋणपत्र माघ १२ गते निष्कासन गरेको थियो ।

उक्त ऋणपत्रको सावाँ भुक्तानी २०८० साल माघ १२ गते हुनेछ । त्यस्तै २०८२ ‘ङ’ नामको चार वर्ष अवधिको १० अर्ब बराबरको ५.७२ प्रतिशत ब्याजदरको ऋणपत्र राष्ट्र बैंकले माघ १७ गते निष्कासन गरेको थियो ।

यो ऋणपत्रको सावाँ भुक्तानी २०८२ साल माघ १७ गते हुनेछ । त्यस्तै २०८० ‘च’ नामको २ वर्षे अवधिको रू. ९ अर्ब ५० करोड बराबरको ५.६५ प्रतिशत ब्याजदरको ऋणपत्र भने राष्ट्र बैंकले माघ २६ गते निष्कासन गरेको थियो ।

यस ऋणपत्रको सावाँ भुक्तानी भने २०८० साल माघ २६ गते हुनेछ । धितोपत्र दोस्रो बजारमा सरकारले जारी गरेको विकास ऋणपत्रहरु सूचीकृत हुँदै आएपनि कारोबार भने भएको देखिदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया