आकर्षक तलबसहित कतारको एक कम्पनीले माग्यो २०० जना कर्मचारी, हवाई टिकट पनि निशुल्क

३ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ ।   Selective Manpower Services LLC नाम गरेको कम्पनीले २०० जना पुरुष कामदारको माग गरेको हो । मोटरसाइकलिस्ट पदमा उक्त कामदारको माग गरिएको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सुविधासहित मासिक ६६ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले गण्डकी ओभरसिज कन्सर्न प्रालिको कार्यालय मिनभवन काठमाडौंमा फागुन १६ र १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमाकामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया