८१४० जनाको परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि, निको हुने र सक्रिय संक्रमितको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १४० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा १२०५ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ जनामा पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ जना पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित ११ हजार २८२ जना रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया