नेपाल बैंक र गुडविल फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको एक करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता शेयर सूचिकृत भएको हो ।

नेपाल बैंक लिमिटेडको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

त्यसैगरी, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार एक सय ५२ कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया