फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं- फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ ।   गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि फागुनको पहिलो साता ४ अर्ब रुपैयाँले बढेको छ। गत माघ २९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्म बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया