दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेप्से ०.९४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ५० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज पनि युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज नबिल डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया