काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ ।
दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम भने करिब ३ अर्बमा खुम्चिएको छ । आज नेप्सेमा २ अर्ब ९९ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ८३४.९० पुगेको छ ।
यस्तै ,गुरासँ लघुवित्तको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ४३० पुगेको छ ।
यसैगरी, नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ७.१९ प्रतिशतले उकालो लागेर प्रतिकित्ताको मूल्य रु. ५६४.९० पुगेको हो ।
अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?
प्रतिक्रिया