डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख पुग्यो

४ बर्ष अगाडि

काठमाडौं- डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख पुगेको छ। 

सीडीएससीका अनुसार आजसम्म डिम्याट खाता खोल्नेको संख्या ४९ लाख ७२ हजार ९०२ पुगेको छ। 

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ। 

‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। सेयर बेचेपछि प्रयोगकर्ताले मेरो सेयरमार्फत आफूले बेचेको सेयर ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया