एजेन्सी - फेसबुकले आफ्नो प्लेटफर्मबाट 'जब्स' फिचर हटाउने भएको छ । कम्पनीले भोलि (फेब्रुअरी २२) देखि यो फिचर हटाउन लागेको हो ।
उक्त फिचरको मद्दतमा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टबाटै जागिर खोज्ने, पाउने, जागिरको लागि आह्वान गर्न सक्थे । यसो हुँदा कर्मचारी खोज्ने कम्पनीहरू र जागिर खोज्ने व्यक्तिहरूको लागि सहज हुन्थ्यो ।
तर मंगलबादेखि यो फिचर उपलब्ध नहुने फेसबुकले जनाएको छ । रिपोर्टहरू अनुसार कतिपय फेसबुक प्रयोगकर्ताको फेसबुक अकाउन्टबाट यो फिचर केही समय अघि नै हटिसकेको थियो ।
कम्पनीले सन् २०२१ को अन्त्यतिरै जब्स फिचर हटाउनेबारे घोषणा गरेको थियो ।
प्रतिक्रिया