काठमाडौं - नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड ३२ हजार रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ हजार रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ ।
त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल भदौ ७ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि फागुन १० गते, मंगलबार बिक्री हुनेछ ।
प्रतिक्रिया