काठमाडौं- टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो ।
बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छन् जसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।
अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् ।
बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ ।
प्रतिक्रिया