काठमाडौं-सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्ने भएको छ ।
माघ १९ गते बसेको कम्पनीको १३औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको वर्तमान संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ६० कित्ता बराबर ४० कित्ता (६०ः४०) परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत (५१ः४९) कायम गर्न लागिएको हो ।
साथै कम्पनीका कोही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न इच्छुक नभएमा सोही अनुसारको स्वघोषणा गरी ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, सानो गौचरन, काठमाडौं वा कम्पनीको ईमेल ठेगानामा उपलब्ध गराउन कम्पनीको आग्रह गरेको छ ।
प्रतिक्रिया