सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

७ बर्ष अगाडि

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका १० बिसुनखेल बस्ने ३० वर्षीय पुष्कर अधिकारीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 
  
थाहा नगरपालिका १० नौखण्डेस्थित नाटेश्वर माविमा अध्ययन गरी घर फर्कीने क्रममा कक्षा ९ र १० मा अध्यनरत सोही ठाउँ बस्ने ३ किशोरीलाई हातपात गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया