ईयूलाई प्रतिवेदन सच्याउन निर्देशन, प्रधानमन्त्रीले गरे यस्तो आशंका

७ बर्ष अगाडि

 काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको मर्म र भावनाविपरीत युरोपियन युनियनले तयार गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सच्याउन आग्रह गरेका छन् ।

आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले राजधानीमा गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले ईयूलाई प्रतिवेदन सच्याउन आग्रह गरेका हुन् ।

‘ईयूको प्रतिवेदन नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी आएको छ, नेपाली जनताले समेत ईयूले होच्याएको महसुस गरेका छन् । सो प्रतिवेदन सच्याउन म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु,’  प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले ईयूले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको सार्वभौम सत्ताको समेत अपमान गरेको बताए । उनले संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई कार्यान्वयन गर्ने क्रममा मुलुक अघि बढिरहेको अवस्थामा पूर्वाग्राही ढंगबाट प्रतिवेदन आएको समेत दाबी गरे ।

ओलीले पर्यवेक्षकको आवरणमा आएकाहरूलाई फर्काएको प्रतिशोध निर्वाचन अनुगमनका नाममा आएका केही व्यक्तिले धर्म प्रचार तथा अन्य काम गरेका कारण फर्काउनुपरेको र सोको प्रतिशोध ईयूले प्रतिवेदनमार्फत पोखेको हुन सक्ने बताए, आजको राजधानी दैनिकमा खबर छापिएको छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया