काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्स परिसूचक २ अंक बढेको छ।
अघिल्लो करोबार दिन अर्थात आइतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ र एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया