काठमाडौं - एन आई सी एशिया बैंकले घातक रोग बीमा अन्तरगत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता’ योजनामा उपलब्ध उक्त १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको हो ।
जसअनुसार बैंकको काठमाडौं स्थित बत्तीसपुतली शाखामा न्यु प्रिमियम सुपर चामत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्याम प्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।
उनलाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको छ । यस बैंकको बीमा सहितको बचत खाता अन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापत ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया