एजेन्सी - बेलायतले अन्तराष्ट्रिय करोडपति लगानीकर्ताहरुलाई उपल्ब्ध गराउने गोल्डेन भिसा खारेज गर्ने प्रक्रिया अगाडि सारेको छ ।
बेलायती गृह सचिव प्रिती पटेलले अन्तराष्ट्रिय करोडपति लगानीकर्ताहरुलाई दिइदैँ आएको गोल्डेन भिसा प्रयोजनलाई यथाशिघ्र लागु हुने गरी खारेज प्रक्रिया अगाडि बढाउने बताएकी छिन् ।
यस अघि बेलायतमा २ मिलियन पाउन्ड अर्थात् ३२ करोड २४ लाख लगानी गर्ने लगानीकर्ताहरुलाई सो भिसा दिने व्यवस्था थियो । सन् २०१५ देखि २०२० सम्ममा गृह मन्त्रालय र शर्द क्यापिटलले १४०० गोल्डेन भिसा जारी गरेका थिए ।
त्यसै क्रममा सन् २०२०को संसदीय प्रतिवेदन अनुसार लगानीकर्ताहरुले भिसा व्यवस्थाको दुरुपयोग गरी मनी लौन्ड्रीङ जस्तो अवैध कामहरु गरेको पाइएको छ । जसलाई लन्डन लौन्ड्रोमेट भनेर चिनिने गरिन्छ ।
प्रतिक्रिया