काठमाडौं - अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोट 'ए' मा नेपालले आज क्यानडाको सामना गर्दैछ । अलअमेरत क्रिकेट स्टेडियममा हुन समूह बी को खेलमा नेपाल र क्यानडा दिउँसो पौने ४ बजे आमनेसामने हुनेछन् ।
समूह बी मा अपराजित नेपाल दुई खेलबाट ४ अंक जोड्दै सेमिफाइनल प्रवेशको सबैभन्दा धेरै सम्भावना बोकेको टोली हो । नेपालले पहिलो खेलमा ओमनलाई र दोस्रो खेलमा फिलिपिन्सलाई हराएको थियो ।
दोस्रो र तेस्रो स्थानमा रहेका क्यानडा र ओमनले दुई खेलमा १ जित र १ हार ब्यहोर्दै समान २ अंक जोडेका छन् । क्यानडाले फिलिपिन्समाथि जित र ओमनसँग पराजय ब्यहोरेको थियो भने ओमनले क्यानडामाथि जित र नेपालसँग पराजय ब्यहोरेको थियो ।
क्यानडालाई सेमिफाइनलमा प्रवेशका लागि आजको खेलमा ठूलो अन्तरले जित आवश्यक पर्नेछ भने ओमनलाई आफ्नो जितसहित नेपालको पनि जित आवश्यक पर्नेछ । सेमिफाइनल प्रवेशका लागि नेपाललाई सानो जित पनि पर्याप्त हुनेछ भने पराजित भएको खण्डमा पनि सेमिफाइनल प्रवेशको समीकरण भने रहनेछ ।
प्रतिक्रिया