इमर्जिङ नेपालको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त  गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

कम्पनीले यही फागुन ९ गतेदेखि लागू हुने गरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब समता इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत  हुनेछ ।

अब उप्रान्त कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्ने सम्बनधी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया