काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरूको सहमति नभएको बताएका छन् ।
उनले एमसीसी पारित गरे सरकार 'जे हुन्छ हुन्छु' भन्ने प्रतिक्रिया जनाए । आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।
अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ छ ।
माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो । उनले भने 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।'
यस्तै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहोर्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।
विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएका माथि भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गरेका छन् ।
प्रतिक्रिया