काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि कम्पनीहरुसँग आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
नेप्सेले एक सूचना जारी गर्दै सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने भएकोले आवश्यक विवरण उपलब्ध गराउन कम्पनीहरुसँग आग्रह गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १ बमोजिम नेप्सेले हरेक वर्ष सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्दै आएको छ ।
यसपालि पनि यही फागुन २३ गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी मेलमार्फत विवरण उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ । यसका साथै वर्गीकरण आवश्यक विवरणको ढाँचा पनि नेप्सेले तयार पारेको छ ।
प्रतिक्रिया