संघीयता मुलुकले धान्न सक्दैन: कमल थापा

७ बर्ष अगाडि

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

 कम्युनिष्टको विचार बोकेर कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने दाबी गर्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता कम्युनिष्टको एजेन्डा भएकोले त्यसलाई कांग्रेसले बोक्दा कांग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्ने जिकिर गरे । 

 पार्टीद्वारा आयोजित हिन्दुत्व जनजागरण अभियान अन्तर्गत गृहनगर हेटौंडा– ६ मा आज बिहान आयोजित घरदैलो कार्यक्रममा सरिक हुँदै थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको बिचार व्यक्त गरे । 

मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले वाईडबडी विमान काण्ड, सुन काण्ड तथा विदेशमा राखिएको कालो धन छानविनको विषयमा सरकार उदासिन हुनु दुर्भाग्यपूर्ण भएको बताए । 
 निर्मला पन्तको बिषयलाई अहिलेसम्म टुंगोमा पु¥याउन नसक्नु सरकारको निमित्त लज्जाको बिषय बनेको समेत उनले धारणा राखे । 

कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतले समेत धारणा राखेका थिए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया