प्रोग्रेसिभ फाइनान्सको लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडको प्रस्ताव गरेको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ।

कम्पनीद्वारा गत आर्थिक वर्षका लागि कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। राष्ट्र बैंकले आज फागुन ८ गते कम्पनीलाई पत्र पठाउँदै लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो। 

कम्पनीले गत आर्थिक वर्षका लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

राष्ट्र बैंकको स्वीकृतिसँगै अब यो कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित गरी शेयरधनीहरुलाई वितरण गर्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया