साढे ५ लाख पर्ने स्पोर्ट्स बाइक : टारो जीपी २ २०० नेपाली बजारमा

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा जीपी २ २०० बाइक भित्रिएको छ ।  एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएको हो ।

जीपी २ २०० मा १९८ सीसीको ओएचसी, लिक्विडकुल्ड सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ८००० आरपीएममा १२.५ किलोवाट पावर र ६००० आरपीएममा १७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड मल्टिप्लेट वेट क्लच ट्रान्समिसन रहेको छ ।

यसको अघिल्लो भागमा पोजिटिभ सक एब्जर्बर र पछिल्लो भागमा सिंगल ग्यास एब्जर्बर सस्पेन्सन छ । यसको अघिल्लो भागमा ड्युअल र पछिल्लो भागमा सिंगल डिस्क ब्रेक छ ।

१३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७६० एमएम छ भने कर्ब वेट १५५ केजी छ । १० लिटरको इन्धन ट्यांकी रहेको यो बाइकको ह्विलबेस १, ३१३ एमएम छ ।

यो बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया