९८१५ जनाको परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १२ हजारमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा १३३८ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार  ५५९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ५९७ जनामा पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ९ लाख ५१ हजार ३९४ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२१ जना पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित १२ हजार २४४ जना रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया