काठमाडौं- बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शन थप उग्र बन्दै गएको छ । प्रदर्शन थप उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ ।
प्रदर्शनकारीमाथि प्रहरीले चार राउन्ड गोली प्रहार गरेको हो।
भइरहेको एमसीसीविरुद्धको प्रदर्शन रोक्न गोली चलेको छ प्रदर्शन थप उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको हो ।
बिजुलीबजार पुलमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए। त्यो रोक्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो। प्रदर्शनकारी र प्रहरीको ढुंगामुढामा केही गाडीहरु फुटेका छन्।
प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको छ।
यद्यपि भिड नियन्त्रणका लागि प्रहरीले रबरको गोली चलाइको बताइएको छ ।
प्रतिक्रिया