जीवन विकास लघुवित्तसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा ३९ अंकको  गिरावट आएको छ । 

नेप्सेमा ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँको कारोबार भएको छ ।

सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । कम्पनीको आज एकैदिन ५८ करोड २ लाख २३ हजार ४५० रुपैयाँको कारोबार भएको छ । कम्पनीले आज बम्पर ७३ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् ।

त्यस्तै, दोस्रोमा एनटिसीको १९ करोड २ लाख, तेस्रोमा अरुण भ्याली हाइड्रोपावरको १७ करोड १२ लाख, अपि पावरको १६ करोड ५९ लाख र हिमालयन डिस्टिलरीको १५ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया