आज पनि शेयर बजार ओरालो यात्रामै,कारोबार रकममा भने वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको छ । नेप्से १.४४ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा झरेको छ । 

कारोबारमा आएका कूल २३० वटा कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको ५८ करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । 

आइतबार युनाइटेड ईदी मार्दी र आरबी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५९ रुपैयाँ पुगेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ४.७४ प्रतिशतले घटेर ५ सय २१ रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया