नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ३ वटा वाणिज्य बैंक र एउटा इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंक, बङ्गलादेश बैंक, लक्ष्मी बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो । 

सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३.०९ कित्ता सेयर सूचिकृत भएको छ । यस्तै, नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड ८ लाख ५ हजार ७ सय ८५.४३ कित्ता सेयर सूचिकृत भएको हो ।

लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ५६ हजार ५ सय ५१.८९ कित्ता सेयर सूचिकृत भएको छ । त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया