काठमाडौं - प्रतिनिधि सभा बैठकमा एमसीसी सम्बन्धी सम्झौता टेबल हुने भएको छ । गठबन्धनका दलहरूबीच सहमति भएसँगै प्रतिनिधि सभाको कार्यसूचीमा उक्त सम्झौता टेबल गर्ने प्रस्ताव गरिएको हो ।
उक्त प्रस्ताव अर्थ मन्त्रालयका तर्फबाट जनार्दन शर्माले पेस गर्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सहमति भएको थियो । तर, अर्थमन्त्री शर्मा अस्वस्थ भएकाले उक्त प्रस्ताव सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले टेबल गर्ने तयारी गरेका छन् ।
आजको बैठकमा टेबल भएपछि यो संसदीय प्रक्रियामा जानेछ ।
प्रतिक्रिया