एमसीसी पेस गर्ने कार्यसूची तय : बानेश्वर क्षेत्र तनावग्रस्त, दर्जनौं सेल अश्रुग्यास सहित पानीको फोहोरा प्रहार

३ बर्ष अगाडि

काठमाडौं - प्रतिनिधि सभामा एमसीसी पेस गर्ने कार्यसूची तय भएको छ । 

सूचीको तेस्रो नम्बरमा रहेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बिच भएको अनुदान सहायता सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । 

यो सँगै नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा छाडेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएपनि बानेश्वरमा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीका भ्रातृ संगठनमा आबद्ध कार्यकर्ताहरु प्रतिनिधिसभा बैठक सुरु हुनुअघिदेखि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया