एक्सेल डेभलपमेन्ट बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । लागेको जनाएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने छन् । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको शेयर आजबाट बिक्रीमा आएको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर विक्री गर्ने संस्थाले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया