काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ओरिएण्टल इन्स्योरेन्स कम्पनीले २१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक विवरण अनुसार उक्त मुनाफा ३० गुणाले बृद्धि भएको छ । गत वर्षको यहि अवधिमा ७१ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको निर्जीवन बीमा व्यवसाय भन्दा बाहिरबाट भएको आम्दानीले मुनाफमा उल्लेख्य सुधार भएको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आय व्यय हिसावबाट सारेको नाफा मात्रै ३३ करोड ७१ लाख रुपैयाँ छ । जवकी यहि हिसाव गत वर्षको यहि अवधिमा ६४ लाख रुपैयाँ मात्रै थियो ।
यस्तै खुद बीमा शुल्क आर्जन १०.३९ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४० करोड १७ लाख रुपैयाँ थियो । गत वर्षको यहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ करोड ६४ लाख रुपैयाँ थियो । गत वर्षको यहि अवधिमा २४ करोड ७८ लाख रुपैयाँ थियो ।
भुक्तानी गर्न बाँकी दाबी रकम भने ९७ करोड ३० लाख रुपैयाँ थियो । गत वर्षको यहि अवधिमा एक अर्ब ५ करोड रुपैयाँ थियो । कम्पनीको हालको जारी बीमालेख संख्या भने १८ हजार ४०२ वटा छ ।
प्रतिक्रिया