काठमाडौं- गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेको थियो। अघिल्लो साता २८०१.५६ विन्दुमा बन्द भएको नेप्से, गत साता ६९.०५ अंक अर्थात २.४६ प्रतिशत घटेर २७३२.५१ विन्दुमा झरेको थियो।
यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २५०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तलतिर लागेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।
साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३०.०४ प्रतिशत कम हो।
गत साता लघुवित्त उपसमूहको परिसूचक १.३६ प्रतिशत घटेको थियो। अघिल्लो साता ५३३४.२१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, गत साता ७२.४१ अंक घटेर ५२६१.८० विन्दुमा झरेको थियो।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५७५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, सो उपसमूहको परिसूचक ओरालो लागेमा भने ४७५० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएलाई काटेर तल झरेको छ। यसले बजारमा लघुवित्त कम्पनीहरुमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ ।
प्रतिक्रिया