जीवन विकास लघुवित्तको ७३.६८ प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत बराबरको २ करोड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

७० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी एक अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया