बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुला, १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार एक सूचना जारी गर्दै आवेदन खुला गरेको जानकारी गराएको हो । 

सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९/८० का लागि आवेदन दिन भनिएको छ । रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्नेछ । 

आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । आवेदन दिनका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया