१० अर्बको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्दै  राष्ट्र बैंक, बोलकबोल आज

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले भोलि फागुन ९ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र आज फागुन ८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८३ फागुन ९ गते परिपक्व हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया