हिजो हुने भनेको जानकी फाइनान्सको साधारण सभा स्थगित, फागुन २२ गते हुने

४ बर्ष अगाडि

काठमाडौं - फागुन ७ गते शनिबार हुने भनिएको जानकी फाइनान्स कम्पनी लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा स्थगित भएको छ । 

गणपुरक संख्या नपुगेको हुनाले कम्पनीको साधारण सभा स्थगित भएको हो । उक्त सभा फागुन २२ गते गायत्री कुञ्ज, अतिथी सदन, जानकी चौक, जनकपुरमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया