बोटलर्स नेपालद्धारा ०७२/७३० वार्षिक साधारण सभाबाट पारित भएको लाभांश लिन अनुरोध

४ बर्ष अगाडि

काठमाडौं - बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । 

आ.व. २०७२/७३० वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएको तथा दावी समेत नपरेको भन्दै लाभांश लिन अनुरोध गरेको हो । 

लाभांश रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा आफ्नो परिचयपत्र लिई यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र सम्पर्क गरी लाभांश लिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया