सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो, आजको संसद् बैठकमा एमसीसी टेबल होला ?

४ बर्ष अगाडि

काठमाडौं - सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो भएसँगै आजको संसद् बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेको छ ।

अनौपचारिक रुपमा मोटामोटी सहमति भइसके पनि सत्तागठबन्धनका दलहरुले औपचारिक निर्णय गरिसकेका छैनन् । औपचारिक निर्णय गर्न गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा औपचारिक सहमति हुने सम्भावना छ ।

बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने छ । यसअघि पटक–पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएको थियो ।  अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ ।

आजको बैठकमा सहमति जुटे दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेका हुन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया