काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले विभिन्न पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगबाट लिइएको परीक्षाबाट अन्तरवार्ताका लागि उपस्थित उम्मेदवारहरूको फागुन ५, ६ र ७ गते सञ्चालित अन्तरवार्तामा उपस्थित उम्मेदवारहरूको लिखित परीक्षाको अङ्क, प्रयोगात्मक परीक्षाको अङ्क र अन्तरवार्ताको औसत अङ्कको कुल योगको आधारमा योग्यताक्रमअनुसार उक्त उम्मेदवारहरूको नियुक्ति सिफारिस गरिएको कम्पनीले जनाएको छ ।
सिफारिस भएका उम्मेदवारहरूले ३० दिन भित्र नेप्सेको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । यस्तै कम्पनीले सहायक प्रबन्धक, प्रबन्धक लगायत विभिन्न पदको लागि उम्मेदवारहरू सिफारिस समेत गरेको छ ।

प्रतिक्रिया