हिमालयन जनरल इन्स्योरेन्स ७ प्रतिशत लाभांश फागुन ३० गते पारित गर्ने, क-कस्ले पाउँछन् ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको गरेको छ । कम्पनीले २८औं वार्षिक साधारण सभा फागुन ३० गते कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुने जानकारी दिएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया