काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
लघुवित्तले निष्काशन गरेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओमा तेस्रो दिन शुक्रबार सवा पाँच बजेसम्ममा २० लाख ६७ हजार वटा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन ६ गते साँझ ५ः२२ बजेसम्ममा २० लाख ६७ हजार ४४३ वटा आवेदन परेको हो ।
उल्लेखित आवेदनबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख ६८ हजार ६४० कित्ता सेयरको माग भएको छ । जुन सर्वसाधारण जारी भएको सेयर संख्याको ३०.४२ गुणा बढी हो ।
तेस्रो दिनको आवेदनबाट नै १९ लाख ८७ हजार ९९३ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको छ ।
प्रतिक्रिया