फेरि बढ्यो पेट्रोल डिजेल र मटितेलको मूल्य, अब प्रतिलिटर कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मटितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको हो । त्यस अनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ, डिजेल प्रतिलिटर १२८ र  मटितेल प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया