फ्रि भिसा फ्रि टिकटमा युएईले माग्यो नेपाली महिला कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - फ्रि भिसा फ्रि टिकट र जिरो लागतमा युएईले नेपाली कामदारको माग गरेको छ । युएई सहरमा रहेको alleanza healthcare l.l.c. कम्पनीले विभिन्न पदका लागि ४७  जना नेपाली महिला कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ३९ हजार बढि पाउनेछ । इच्छुक कामदारले paramount employment consultant pvt .ltd. को कार्यालय बालकुमारी ललितपुरमा फागुन १२ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।  साथै  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया