टोयटाद्धारा २०२१ मा विश्वभर १ करोड ७० लाख युनिट कार बिक्री

३ बर्ष अगाडि

एजेन्सी - जापानी अटो निर्माता कम्पनी ‘टोयटा’ ले २०२१ मा सम्बद्ध कम्पनीसहित विश्वभर १ करोड ७० लाख युनिट कार बिक्री गरेको छ । ग्लोबल डेटाको रिपोर्टअनुसार बिक्रीका आधारमा टोयटाले आफूलाई लगातार दोस्रो वर्ष विश्वको अग्रणी कम्पनीका रुपमा कायम राखेको छ । 

अघिल्लो वर्ष कम्पनीले ९३ लाख युनिट कार बिक्री गरेको थियो ।  कम्पनीको वार्षिक वृद्धिद्धर ९.२ प्रतिशत रहेको छ । टोयटाको यो प्रदर्शनसँगै  कम्पनीले आफ्नो प्रतिस्पर्धी भोल्सवागेनसँगको दूरी १६ लाख ३० हजार युनिटले बढाएको छ । 

भोल्सवोगेनले सन् २०२१ मा ८५ लाख युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.९ प्रतिशतले कम हो । टोयटाले सन् २०२१ मा केहि महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको छ । 

यो वर्ष कम्पनीले चीनमा मात्रै १९ लाख ४० हजार युनिट कार बिक्री गरेको छ । यस्तै पछिल्लो ९० वर्षको बिक्री क्रमलाई तोड्दै अमेरिकामा कम्पनीले जनरल मोटर्सलाई उछिनेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया